Pages

Wednesday, May 11, 2016

प्रेमको असली परिभाषा बोकेको बिरानो माया शुक्रबारदेखि


काठमाडौं, वैशाख, २९ ।

जिन्दगी हो दुई दिने घाम छाया
पुरानो हुँदैन माया बिरानो हुँदैन माया 

मायाको फरक परिभाषा बोकेको चलचित्र बिरानो माया यही शुक्रबार देखी देशभर एकै साथ लाग्दैछ । माधव खरेल निर्देशित बिरानो मायामा प्रमुख भूमिकामा श्रीदेब भट्टराई, दिपाशा बि.सि., नम्रता सापकोटा, दिनेश डि.सि., अर्जुन राज, केशब सापकोटा, ऋृषि धमला आदि छन ।



जिन्दगी फुल नै भएपनि कहिलेकाहि बनमाराको हेपाइ खानुपर्छ भनेजस्तै माया साचो र चोखो भएर पनि परिस्थितिका अगाडि दास बन्नुपर्ने बाध्यता आइदिन्छ जिन्दगीमा भन्ने यथार्थलाई जोडेको चलचित्र एक पटक सबैले  हेर्नैपर्ने चलचित्र भएको दाबी गर्छन् बिरानो मायाका प्रमुख पात्र अर्थात नायक श्रीदेब भट्टराई । राम्रो गीत संगीत र प्रस्तुतिकरणको बेजोड समिस्रन बिरानो माया दर्शकको आँखामा र मनमा बस्न सकोस शुभकामना महकको !!





No comments:

Post a Comment